Saturday, November 3, 2018

निर्मलाको यादले सताइ रहन्छ्! (कबिता)


म त्यो नसम्झु भन्छु,
चटक्कै बिर्सिउँ भन्छु,
तर महाराज!
छेउमै बसेकी छोरीले
शरद ऋतुको बेमौसमे झरिले
मुल्य नपाएर नबिकेका 
खिन्न परेका उखुका घारिले
बन्ने पालो कुरेर बसेको
बिग्रेको साइकलले 
स्वास्नीको भाई भनौदो माइकलले
आगन कै डिलमा फलेका
हरिया हडौला अम्बाले 
मनोक्रान्तिका उल्टा घुम्रीएका प्रश्नबाचक चिन्ह पोतिएको 
बिजुलिका खम्बाले
छिमेकी दिदीले पखाली राख्ने
उनको  छोरीको सुरुवालले
निलो पोसाक लगाएको 
नजिकै विटको हवल्दारले
उसका कुममा चढ्न सक्ने
सम्भाबित फुलिको सम्झनाले
त्यही फुलिसंगै बड्दै जाने
अहम र घमण्डको कल्पनाले
सय रुपैयाँको हरियो नोट र
त्यसमा लेखिएको १०० ले
ति अभागी आमाबाबुकै नियति त भग्नु पर्दैन  भन्ने
मुटुमा गाँठो पार्ने नमिठो भयले
मैले निर्मला लाई भुल्नै सकिन
मलाई माफ गरि बक्सियोस!!

सम्हाल्न खोज्दा खोज्दै पनि 
मेरो होस ठाउँमा छैन!
म सार्है झस्कन्छु
कसैले चप्पल उल्टा भए भन्दा
केटाकेटिले दसैमा दक्षिणा पाएका 
बिस रुपैयाँका नोट गन्दा 
बैंकका  लामा लाइनमा 
आफुतिर त्यर्सिएका क्यामेरा देख्दा 
र सत्यको साक्षी बन्न नसकेको 
उनका हिनताबोध देख्दा
सामाजिक संजालमा कसैले
जन्मदिनको सुभकामना लेख्दा
फोनको सम्पर्क सुचिमा 
कंचनपुरको साथीलाई भेट्दा 
म सार्है झस्कने गर्छु
मेरो रोग झन झन बढेको छ माहाराज
हिजोआज त 
राती आठबजेको समाचारमा
हजुरलाई देख्दानी झस्कन्छु म!

हजुरले भनेकै मानेर
अपराधी भेटिइहाल्छ कि भनी
दिनभरी म 
गाउँ भरिका पोखरी कुलेसा चाहार्दै
अपराधिलाई ढुङ्गाका काप काप खोज्छु
रातभरी अन्तरीक्ष तिर हेरेर 
नक्षत्रका आसपास खोज्छु।
र मलाई थाहा छ 
न त अपराधी ढुङ्गाको कापमा छ
न त नक्षत्र कै आसपासमा छ
न त वंशाणुका धागोमा छ
त्यसैले त त्यहीँ खोजिन्छ 
र हजुर कै इच्छा स्वरुप 
ऊ  कहिल्यै भेट्टिदैन 
उसलाई कहिल्यै भेट्टाइदैन
अँध्यारोमा  हराएर उज्यालोमा खोज्ने
विरबलका मुर्ख झै
हजुर मुर्ख बनिबक्सन्छ 
अनि नाङ्गिएर लाज छेक्न
अनुहार छोपिसिन्छ 
र जे छोपिइदैन, त्यही देखेर
निर्मलाको यादले सताइ रहन्छ
सयौं दिन सम्म!

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...