Sunday, February 25, 2018

जिबन्त पात्र नारी ( Poem)

म पात्र हुँ!
जिबित रङ्गमन्चको एक पात्र
र मलाई
चाहानेले शिरमा सजाउने
पुज्नलाई देवीपनि बनाउने
नचाहनेले पुरुषत्व देखाउँदै
मेरा पत्र - पत्र  केलाउने
र आफ्नो इच्छा अनुसार खेलाउने
जिन्दगी रङ्गमन्च, र नाटक एक!
म पात्र एउटै, तर भुमिका अनेक!

बिबादै बिबादका बिच
जन्माउने कि नजन्माउने भन्ने
गिराउने र किन नगिराउने भन्ने
म जन्मिन्छु चन्द्रमुखी
औसिं रुपि मन अरुको बनाएर
आफुबाट आफु जन्मिदा आफ्नै निरास 
अरुका आसलाई खिल्ली उडाउदै
म कसरी हाँसु जिन्दगीभर
जन्मिदै दुखी अरुलाई बनाएर
फरक कथाहरु, तर बेदना एक!
म पात्र एउटै, तर भुमिका अनेक!

ठोकिन्छ नेल नाक कानमा
के बाला अनि के माला?
दासताका ति चिनारी
उनैको आयु बढाइदिने
न खोतलिन्छ इच्छा मनका
न पाइन्छ जिबनसाथी छान्न 
उनको इज्जतको अग्निमा अहुती स्वरुप
अपरिचितकै डोलि चढाइदिने!
अपमान धेरै, तर सहने एक!
म पात्र एउटै, तर भुमिका  अनेक!

एक चिम्टी सिन्दुरमा
यो सिउँदो रङ्गेला!
तर रङ्गिदैन मेरो जिन्दगी 
लक्ष्मीरुपि आगमनले
समृद्धि उनको भब्य महलमा
तर उज्यालिदैन मेरो जिन्दगी 
किनकी उनको अन्धविश्वासमा 
म बोक्सी भैदिनु पर्ने
छौपडिमा सुति दिनु पर्ने
मोल मोलाइको छलफलमा
निरिह भएर उभिइदिनु पर्ने!
सस्तो माल ठहर भएमा 
उनैका हात बाट जलिदिनु पर्ने!
जिन्दगी रङ्गमन्च, र नाटक एक!
म पात्र एउटै, तर कष्ट अनेक!

म पात्र हुँ!
जिबित रङ्गमन्चको एक पात्र
र उनको निर्देशनमा
कहिले गर्भबाटै गिराइने
जबर्जस्ती अर्कालाइ भिर्‍याइदिने
आफ्ना अक्षम्य पाप पखाल्न
मलाई देवीपनि बनाउने
देखाउनलाई सम्मान गरि सजाउने
र अन्धकारमा
मेरा अस्मिताका पत्र पत्र केलाउने
आफ्नो इच्छा अनुसार मलाई खेलाउने
जिन्दगी रङ्गमन्च, र नाटक एक!
म पात्र एउटै, तर भुमिका अनेक!

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...