बङ्गलामुखीको अगाडी दुईहात जोडेर खाएको केहि बर्ष पुरानो सङै बाँच्ने र सङै मर्ने कसम केहि परको बाग्मतिमा सेलाए पछि उसले फेसबुकमा स्ट्याटस राखी " जिन्दगी परिबर्तनशिल छ, पुराना कुरा बिर्सेर अघि बड्नु पर्छ।" त्यसमा आएका केहि सय लाइक अनि केहि दर्जन कमेन्ट द्वारा आफुलाई बिजय घोषित गरि , मलाई बिस्तारै जिन्दगी, भाइबर र मोबाईलमा नाकाबन्दी लगाई। उसको अन्तिम म्यासेज "You don't deserve me" ले मेरो मस्तिष्कमा ल्याएको बाढिले सपनाको उर्बर भुमिलाई एकाएक बलौटे बगरमा परिणत गरिदियो । म हाँसे बायुमण्डल थर्कने गरि, ताकी ती अठ्ठहाँसका तरङ्गहरु "अब किन नमर्ने? " भन्ने मनभाबलाई चुनौती दिन सकुन, आफुले आफैलाई समाल्ने कोशिस स्वरुप। बा आमाले दशैमा चिरञ्जीवी हुनु भनेर दिएका आशिर्वादहरु एकाएक सराप हुन कि जस्तो लाग्न थालेपछी आशिर्वादमा सम्बोधित कथित डाँडाकाँडाहरु ढाकिनु पर्नेका बिपरित उजाड भए । मंसिरे जाडोमा चिसो पानी जिउमा खन्याइदिएर " मान प्रमेश्वरी मान " भन्दै बलिको बोकालाई काम्नलगाई मार हानेको देख्दा बोका माथी जति अन्याय भएको महसुस हुन्छ त्यो भन्दा बडि अन्यायको महसुस गरि आफुलाई स्वघोषित निर्धो दाबी गरेर आखिर मैले आफ्नो यस जुनिलाई अन्त्य गर्ने निर्णय गरेँ। बिछोड र अपहेलनाको सन्युक्त रागमा जलेको मेरो मनले आफ्नो निर्णयलाई आफै स्वागत गर्यो र यथाशीघ्र कार्यान्वयनका लागि आग्रह गर्यो।
आमाको ममतालाई लत्याएर, बाबाको ढाडसलाई ल्वप्पा खुवाउदै दिन रात आसुँसङ लडिबुडी खेल्दै मेरा मस्तिष्कका प्रत्यक स्नायुहरु अत्यन्त बेफुर्सदिला हुनथाले केबल सहज प्राणत्यागको खोजिमा। तर म त एउटि केटीले नपत्याएको केटो, जसको कुनै वजन नै थिएन । जसका सबै सपनाहरु नालिमा घोप्टिएका थिए , उठाउनै नमिल्ने गरि। म रित्तो पुरै रित्तो भएको थिँए, एक बाट एक घटाएर बाँकी रहने परिमाण जत्तिकै रित्तो। म एकाएक आफैमा झस्किएँ ! के म जस्तो वजन नै नभएको एक्दमै खोक्रो चिज चार पाँच तलाबाट हाम फाल्दा बजारिएर मर्न सकुँला। के मेरो खोपडी प्याट्ट फुटेर गिदि छरपस्ट होला? तेति पनि नभए मेरो आत्महत्यामा सान्त्वना ब्यक्त गर्न आउनेहरुले आफ्ना साथिभाइका बिच मेरो मृत्युबारे बिस्तृत जानकारि दिँदा उनिहरुको जिउमा काडाँ कसरी उठ्छ? केही दिन फेसबुकका पानाहरु मेरो बिभत्स लासको फोटोले नभरिने भए हाम फालेर गरिएको प्राण त्यागको के तुक रह्यो र? हामफालेर गर्न खोजिएको आत्महत्या मैले चाहे जस्तो उत्कृष्ट हुने देखिएन!
त्रिसुलि, नारायणि भोटेकोसी वा इन्द्रावती जहाँ हामफाले पनि मजस्तो खोक्रो चिज तैरिनेनै हो, डुबेर मर्नु मेरा लागि असम्भब जस्तै भयो । वजनदार मान्छे पासो लगाएर मर्दा आफ्नो वजनले गर्दा पासो कसिएर मर्छन। म जस्तो वजनहिन मान्छेले पासो लगाएर मर्ने कुरा कोशिस गर्न सम्म आवस्यक ठानेन। तेसो भए के म मर्न नसक्ने नै हुँ त, कि बाउ- आमाले दसैमा टिका लागाउदा " चिरञ्जीवी भएस" भनी दिएको आशीर्वादको प्रभाब हो। मैले ठ्याक्कै छुट्याउन सकेन। मलाई एकाएक नवै चिरन्जिबी बनेको आभास भयो।
एक दिन "मरिहाल्ने कि केही दिन बाँच्ने" भन्ने कुराको उपयुुक्त निष्कर्ष निकाल्न नसकी दिक्क लागेर दिउसै सुत्दा देखेको सपनामा उ अर्कै सङ रत्तिएको देख्दा, कतै यो असह्य पीडा आफ्नै इमान्दारिताले गर्दा त होइन भन्ने लाग्यो। उ नै मेरो भबिस्य हो भनी आफ्नो जिन्दगी बिना ब्याजमा सुम्पिदा साँवा पनि नउठ्ने छाँट देखेपछि बिचरा मलाई कति बैराग छुट्यो होला, तैपनी मैले कसैलाई आफ्नो मनको बह सुनाएन। के उस्को नजरमा गिर्न सके भने यो मन ठन्डा होला त? "हो गिर ! तेरो नजरमा ऊ गिरे जसरी उस्को नजरमा नि त गिर।" पापी गिदिले हजारौ पटक आफैलाई प्रश्न गरि आफै उत्तर दियो बिचमा मलाइ ट्वा पारेर।
केही दिन अघिसम्म सहज प्राणत्यागका उपाय खोज्न तल्लिन मेरा स्नायुहरु अब भने उस्का सामु गिर्ने उपायका खोजिमा बेफुर्सदिला हुन लागे। तर गिर्ने कसरी? म एकाएक रनभुल्लमा परेँ। मलाई ती दौँतरीहरुको झल्झली याद आउन थाल्यो जस्का बाआमा आफ्नो सन्तान बिग्रेको गुनासो मेरा बाआमासङ सुनाउथे। उति बेला बुद्धि पुर्याएर उनिहरुको घनिष्ट साथी बनेको भए आज कति काम लाग्थे होलान। म जस्ता अभागी हग्न बसे नि मलद्वारमा बाह्र हातको काठ पस्छ होला । अभागिले आफ्नो पतनको बाटो आफै रोज्छ, मैले जस्तै। अभागिहरु इमान्दार बनेर पतन हुन्छन । रुखबाट झरेर भुइँमा खस्दै गरेको सुकेको पात जस्तै उदेश्यहिन भएको मेरो जिन्दगि, चैत बैशाख सुकेर जाने खोलाको बगर जस्तै उराठलाग्दो बनेको मेरो जिन्दगी के मैले अब पासामा आफ्नी श्रीमतिपनी हारेपछी उधोमन्टो लगाएर बसेका पाण्डबहरु जस्तै लज्जित भएर कटाउन पर्छ? पाण्डबसङ पो चित्त बुझाउने बाटो थियो, आफ्नै गल्तिले अर्धाङ्गिनी गुमाएका थिए । मैले कसरी चित्त बुझाउने? म त्रेतायुगको राम जसरी लङ्का जलाउन जान सक्दैनथे, किनकी यहाँ मेरा हनुमानहरु सीता गए रिता नत्र पबित्रा त पक्कै मिलाइदिने भन्दै मलाई सान्तोना दिन्थे ।
मैले उसलाई गरेको नितान्त स्वच्छ मायालाई धमिलो बनाउने प्रायस स्वरुप मेरा नशामा बगेको बाउको इमानदारी रगतलाई दुषित बनाउन एक साँझ म भट्टिमा छिरे। "अन्टि मलाई थोरै रक्सी दिनुस....." मेरो अडर नसकिदै पुरै भट्टि हाँसोले गुन्जयमान भयो। " ओए कसैले औला चोपेर दुई चार छिटा हाल्द्याव तै एस्को मुखमा, थोSSSरै रक्सी खान आको रैच!" हुन त म एउटा केटीले नपत्याएको केटो तैपनी मलाई अथाह शरम लाग्यो। ती गिर्न जानेका गुरुहरुका अगाडी बसेर म जस्ता बबुराले पिउनु भनेको ती उस्तादहरुको अपमान गर्नु हो जस्तो लागेर पुरै एउटा क्वाटरको बोतल बोकेर म भट्टी बाहिर निस्के। एक क्वाटर सक्न सयौं देबिदेबता सङ हजारौ प्रार्थन गर्नु पर्यो, " पिउने साहस देउ, गिर्न सहज बनाइदेउ" भन्दै। प्रत्यक चुस्की सङै बिछोडको चोट पुरिदै गए, खुट्टा लुला हुँदै गए र दुई तीन सय मिटर परको कोठोपनि अर्कै महादेसमा होकि जस्तो लाग्यो । " छि कस्तो लाज पचेको पसु रहिछ", कुम ठोकिएपछी एउटि तरुनिले सराप्दै गइ।तर उस्को भनाइले मलाई खुबै सन्तुष्ट बनायो, म गिर्दै छु। अर्को दिन झिसमिसेमा जब मुखमा परेका नुनिला छिटा सङै मेरा आँखा उघारिए, तब देखे एउटा भुस्याहाले मै माथी आफ्नो नित्यकर्म गरिराखेको। उस्को नित्यकर्ममा बाधा पुग्ला भनी म थोरै नि चलपल गरिन, बरु मनमनै धन्याबाद दिए, मलाई गिराइदिएकोमा । मेरो यस्तो दिनचर्या चलिराख्यो, बस गिराइदिने बरु बदलिरहे।
एक दिन रक्सिले केही छोडेपछि, क्याल्कुलेटर समातेर हिसाब गरे म कति गिरेछु भनेर। तर उत्तर पुरै निराश बनाउने आयो। चाहिएको जति गिर्न अझै धेरै बाँकी रहेछ। निराश हुँदै फेसबुकमा भएको खासै बोलचाल नहुने सुन्धाराको एउटा गेस्टहाउसमा काम गर्ने साथी भनाउदोको फोन नम्बर जुटाएर फोन गरे। मलाई उस्को हालखबर बारे मतलब थिएन, त्यसैले मतलब देखाउन आबस्यक नि नठानी सिधै आग्रह गरे " ओए मलाई एउटा सस्तो बेश्या मिलाइदेन।" उस्ले आफू सङ राम्रा नामि बेश्याहरु पनि भएको जानकारी दिदै किन सस्तो खोजेको भन्ने प्रस्न तेर्सायो। मलाई सस्ता बेश्यासङ रत्तिएर गिर्नु थियो तर उसलाई आफू सङ खासै बजेट नभएको भनेर टारे। उसले रकम अपुग भए थप्दिने इच्छा प्रकट गरे पनि मैले मानिन। मेरो आग्रह अनुसार उसले मलाई मेरै इच्छा अनुसारको बेश्यासङ एक घन्टाको अपोइन्ट्मेन्ट मिलाइदियो र म पुरै अनुशासनहिन बन्दै पन्ध्र मिनेट ढिला पुगेँ। अँध्यारो कोठाको एउटा छेउमा भएको बिछ्याउनामा एउटि अर्धबैंसे मलाईनै कुरेर बसिरहेकी थिइ। मैले कोठामा भएको मधुरो बत्ती बाल्दै गर्दा उसले म सङ अब आधी घन्टा मात्र बाकी रहेको र काम चाडो सिध्याउन अनुरोध दिई । सहेद त्यो आदेश पनि हुनसक्छ, म जस्तो गिर्न हिडेकालाई कस्ले अनुरोध गर्छ। उसका आँखाका छेउछाउका छालामा चाउरिका धर्सा देखिनथालेका थिए। फुङ्ग उडेको उसको चेहरा नि मेरो जिन्दगी जत्तिकै रित्तो देखिन्थ्यो। के उ पनि यहाँ गिर्न आएकी हो? हेरा हात खुट्टा एक्कासी सेलाएर आए। "के गिर्नकै लागि आफू भन्दा ठुलो सङ रत्तिनु राम्रो हो" मेरो एउटा मनले मलाई नै सम्झाउन खोज्यो। " गिर्नकै लागि सस्ता बेश्या खोज्दै हिड्ने तै होइनस!" अर्को मनले थर्कायो। त्यो अँध्यारो कोठाले मलाई उकुस मुकुस गरायो। तेत्तिकैमा बिछ्याउना बाट आवाज आयो " छिटो गरन भाइ कति ल्याङ ल्याङ गरिरा!" अह म गिर्न कै लागि पाप गर्न सक्दिन। गोजिबाट पाँच सय पाँच रुपैयाँ निकालेर नजिकैको टेबलमा रखी केही नबोली म त्यहाँ बाट निस्किएँ।
इन्द्रचोक नजिकैको लस्सी पसलमा एक ठूलो गिलास भरी लस्सी पिएर गिदि ठन्डा पारेपछी मैले एउटा निष्कर्ष निकालेँ जतिनै कुकर्म गरे पनि म उ भन्दा बढि गिर्न सक्दिन। चोखो मायामा धोका दिनेहरु सबै भन्दा बडि गिरेका मनुष्य हुन, उनिहरु भन्दा बढी गिर्न असम्भब छ। म त्यति निच मान्छे सङ प्रेममा परेको रहेछु, दैबले म माथी दया देखाएर मेरो उद्दार गरे। मलाई एकाएक औधी खुसिलागेर आयो। खै कसरी म इन्द्रचोकबाट रत्नपार्क पुगेँ होस नै भएन। म सङ के छैन? पुर्ब प्रेमिका बाहेक सब थोक छ। म अनाथ होइन, सडक पेटिमा दिन बिताउन पनि मलाई पर्दैन। दसैंमा चिरञ्जीवी हुनु भन्दै आशीर्वाद दिने बाबुआमा छन र मेरो आशमा बाकी रहेको हाँसो छ उहाँहरुको ओठमा। मेरो पुरै भबिष्यबाँकि छ। साहेद त्यही भबिष्यको बाटोमा मेरो ग्रीन सिग्नल कुरेर बसेका अनगिन्ती हुनेवाला प्रेमिकाहरु छन। म रत्नपार्कबाट गौसला जाने गाडी चढेँ, पसुपतिनाथको दर्शन गरि उसका सम्झनालाई बाग्मतिमा सेलाउन।
[ Published on Baahrakhari :- https://baahrakhari.com/news-details/165568/2018-10-27 ]
[ Published on Baahrakhari :- https://baahrakhari.com/news-details/165568/2018-10-27 ]
No comments:
Post a Comment