Wednesday, February 7, 2018

जवानीको रहर (Song)



हे कान्छाsss .......
तिमिलाई  देखि यो मनको भित्री प्यास जाग्यो!
सङ्लिएको मनको ब्यथा पोखुझै लाग्यो!!

रहरका पर्दाहरुले छेकी मेरो लाज!
नलुकाइ मनका कुरा तिमिलाई भन्छु आज!!

जबानिको लाली हेर गाडा हुँदै गयो!
ज्यान पनि बटुवाले रुकि हेर्ने भयो!!

बैसको यो भारी मेरो बिसाउन छिनलाइ!
देवता मानी फुल सरि चढाउकि तिम्लाइ!!

पन्चेबाजा गाउँमा बज्दा मनमा रहर जाग्छ!
ऐना हेरि एकान्तमा नाचु नाचु झै लाग्छ!!

पछि लाग्छन भमराहरु, जवानिको मात चुस्ने!
उर्लि आएको बैसको भेलले डर भो बाध फुट्ने!!

कसिलोभो यो ज्यान मेरो ओठमा चढ्यो लाली!
मेरो मनको फुलबारिको बनिदेउन माली!!

नछिप्याइदेउ बैसको फल, लिइ आउ डोलि!
झरिजाला त्यो फेरि, भन्दा भोलि भोलि!!

आउ न  कान्छा आउ जोडौँ अजम्बरि नाता !
प्यार गरि आफ्नो बनाउ ओढाइ पिरतिको छाता!!

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...