Saturday, February 3, 2018

अभाब (Poem)

जब मेरा रगतमा
जवानीको मात सङ्गै
उत्तेजनाका भेल आउँछन्,
प्यासी दिलका ओठहरुले
चाहानाका ताल सङ्गै
मधुमासका गीत गाँउछन्! 

जब शुन्य रातका सपनीहरुमा
सपनाकै राजकुमारका
चिसा रसिला ओठहरुले
मेरो गला तताइदिदा,
उन्मातका छालहरुले
खुशीको खुत्रुके भरिदिन्छन्!
उराठ लाग्दा विपनिका
नजर नपरेका बाँझा खेतमा
आशाको बिउ छरिदिन्छन्!

जब बार्दलिको छेउमा बसी
स्वार्थी दुनियाँका पर्दाहरुमा
समिप्यताका चित्र हेर्दै
मेरा अंग सल्बलाउँछन्,
हृदयमा दबित इच्छाहरु
धैर्यताको बाँध फुटाई
झारना  बनी कल्कलाउँछन्!

तब
बन्धनका आख्लाहरुमा
निस्केका नव आकुँराले
परिपक्कताका दुई फूल
कोपिलाएर फुलाइसक्दा,
आकर्षणको मिठो बास्ना
चारैतर्फ फैलाईसक्दा,
भमराले परैबाट
नहेरी उडेपछि,
रहरको सानो त्यान्द्रो
खिस्रिक्क परि चुँडीएपछी,
जवानीको घ्याम्पो भित्र
सौन्दर्य त्यसै गल्दोरहेछ,
नजिकैका संगी वोटले
स्खलनको चित्कार संगै
मिठा फल फलाएपछी
मन अभाबले जल्दो रहेछ!

अभागी यो बाँझो कोख,
अनुभब बिहिन दुखि काख,
मूल नफुटेका अमृत कुण्ड,
नचुमिएका औंलाहरू,
नमुसारिएका पिडुलाहरु,
मुस्कुराउन नसकेका मेरा ओठ,
नातानिएको मेरो नाक,
नसुम्सुमाइएको कालो कपाल,
अंगालो बिहिन एक्लो जिउ,
एउटा प्रश्न गरिरहन्छन !
म के प्राणि नै होइन ?
मेरो के इच्छा नै छैन?


No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...