Thursday, January 3, 2019

माछो माछो भ्यागुतो!! ( निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धान )


माछो समात्न तल्लिन जलहारी 
नाटकको एक रचनाकार 
आफ्नो फाटेको इज्जतबाट ध्यान मोड्न
हडबडाएर फाल्दछ जाल!
माछा लुकाउने दृढ  प्रतिज्ञा 
वा माछा सामाउने अत्यधिक चाहाना 
माछा नसमाई नि भको  छैन
माछा नलुकाई नि भको  छैन
र त्यसैले हरेक पल्ट 
समातिन्छ्न चेपागाँडाहरु 
अनि मस्किन्छ जलहारी 
घमण्डले ढक्क फुलेर
कसैले भन्दिन्छ उस्लाई
त्यो माछा होइन
तर देखाइदिन्छ उसले चेपागाँडाका पखेटा
भ्यागुताको पखेटा हुन्छ?
गरिदिन्छ बेतुकको प्रश्न 
बुझमाथी बुझ पचाएर 


टुना मुना लागाउँछ उसले
जादु चलाउँछ उसले
र त विवश  हुन्छ चेपागाँडा
आफैलाई माछा सम्झन।
अन्योल लै अन्योलका बिच 
चेपागाँडा माछा कहलिन्छ
चेपागाँडालाई माछा कहलाइन्छ।
र अरुलाई उसको पुच्छर देखाई
अनि असत्यलाई स्विकार्न लगाइन्छ।


तर समयको अन्तराल सङै
नबदलिएको बंशाणुले
वा बदल्न नसकिएको बंशाणुले
चेपागाँडालाई भ्यागुतो बनाई छाड्छ
र हिस्स पर्छ जलहारी
अनि गुनगुनाउँछ उसले 
आफ्ना बिरताका गित
ठुला माछा समातेका
अतितका कथा अनि मिथ
मात्र भिडलाई साम्य पार्न
उसको पराक्रम हेरि बसेका।


चेपागाँडा भ्यागुतो भए पछि
माछा नसमात्ने दृढ प्रतिज्ञा 
वा  समाउने अत्यधिक चाहानामा
फेरी अर्को नाटक मंचन गरिन्छ
र मुल पात्र बन्छ नयाँ चेपागाँडा
दोहोर्‍याइन्छ पुराना दृश्यहरु
उदेकलाग्दा
पुरानै पटकथा
मात्र पात्र चेपागाँडा फेरिन्छ।
र त्यसलाई माछा देखाउन 
अर्थहिन अथक प्रयास गरिन्छ।
शंका गरेकै पोखरीबाट भेट्याएको!
हेर्दा ठ्याक्कै माछा जस्तै देखिने!
र भ्यागुतो जस्तो पटक्कै नदेखिने!
अर्को जलहारीले भन्छ ' यो त माछा नै हो'
मुल जलहारीले भन्छ ' यो पक्का माछा हो'
तर फेरी भइदिन्छ भ्यागुतो 
र फेरी सुरु हुन्छ
नयाँ पात्रको खोजी 
नयाँ नाटक सुरुवात
माछा नलुकाई नि भको छैन!
माछा नसमाती नि भको छैन।
र हरेक नाटकमा 
रचनाकार निराश हुन्छ।
माछो, माछो, माछो, भ्यागुतो!
माछो, माछो, माछो, भ्यागुतो!

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...