आमा
दशैका टिका संगै
तिमीले दिएका आशिर्वाद
आशाको खुत्रुकेमा भर्दै
म गरिबीलाई गिज्याउँथे,
सुन्दर भबिस्यको कल्पनामा
झर्ने तिम्रा नयन मोतीले
मलिला मेरो सापनाका
गैरी खेतलाई भिजाउँथे,
र त आमा मौलाउथे त्यँहा
भबिस्य देखाउने लहराहरु
अनि गोड्थ्योउ अभाबका ति झार
जेलेर बसेका मेरा रहरहरु
फाड्थ्यौ अबरोधका काँडे पोत्थ्रा
सम्याउथ्यौ म हिड्ने गोरेटो बाटो
अनि रङ्याइ दिन्थ्यौ मेरा सपनाहरु
मुछेर आँसुले कमेरो र रातो माटो
भरिदिन्थ्यौ मेरो जिज्ञासाको खाली पेट
कटाइ आफ्ना भागका गास
मुस्कान थपिदिन मेरा ओठमा
रोएरै बिताउथ्यौ दर्जनौ रात
तर आमा
हस्केको बाली जस्तो
म हर्लक्क त बढे,
अहँ अन्न फलाउन सकेन।
मेरो लोभी मन
धनका कुटुराले भरिए पछि
तिम्रोलागि खुसी अटेन।
आँसुले भिजेका सिरानी
मक्किएर गए
नयाँ किनिदिन सकेन,
औसिका रात सरि जिन्दगीमा
पुर्णिमा त आयो,
तर ग्रहणलाई रोक्न सकेन।
जवानिको भेलमा
म बगि गएँ आमा
छोडी किनारैमा तिमीलाई
आशाको कोपिला
म ओइलाई झरे
छोडी डालीमा तिमीलाई
थाहा छ मलाई आमा
सन्तान जति नै पापी भएनी
निस्कदैन गाली तिम्रा कण्ठबाट
उठ्दैनन धारे हातहरु
रोकिदैनन देवता संग सुटुक्क माग्ने
ति बरदान मेरै नाममा
न थाक्दछन कुरेर बसेको तिम्रो मन
न बन्द हुन्छ मेरालागी दैलो कहिल्यै
बिहान सुर्य अर्घ देझि साँझ दियो बाल्दा सम्म
मेरै दीर्घायुको कामना
मलाई माफी होइन आमा
थोरै श्राप दिनु
तिम्रो सम्झनाको त्यो मिठो घाउले
पुनः स्वार्थी हुनबाट बचाउने छ।
No comments:
Post a Comment