सिन्डिकेट हटाउने घोषणा गर्छ सरकार
र उसको औकात
ओभरलोडले पल्टिएको गाडीले देखाउँछ
सुशासन ल्याएको जिकिर गर्छ सरकार
र उसको औकात
पदै पिच्छे आफ्ना भरौटेको नियुक्ती ले देखाउँछ
तिब्र बिकासको सपना देखाउँछ सरकार
र उसको औकात
बर्षौ देखि अल्झिरहेको मेलम्चीले देखाउँछ
समृद्ध नेपालको गित गाउँछ सरकार
र उसको औकात
दानको कम्बलमा निस्कने मुस्कानले देखाउँछ
दिगो बिकासको धुन गुनगुनाउँछ सरकार
र उसको औकात
गाई धपाउन ल्याइने ऋणले देखाउँछ
मातृभुमीको आगाध प्रेमको झ्याली पिट्छ सरकार
र उसको औकात
सधै खुम्चिरहने देशको सिमानाले देखाउँछ।
स्वदेश मै रोजगारीको सपना देखाउँछ सरकार
र उसको औकात
दिनहुँ भित्रिने लास बोकेका बाकसले देखाउँछ
लुटतन्त्र अन्त्यको घोषणा गर्छ सरकार
र उसको औकात
माफिया दलाललाई दिएको अल्टिमेटमले देखाउँछ
भ्रष्टाचार नियन्त्रणको फुईँ झार्छ सरकार
र उसको औकात
पद नियुक्तीमा हुने मोलमोलाइले देखाउँछ
दुई तिहाईको दम्भ देखाउँछ सरकार
र उसको औकात
खाल्टो पुर्न पटक पटक दिने निर्देशनले देखाउँछ
[ published on Salleri Khabar:- https://www.sallerikhabar.com/archives/93390 ]
[ published on Salleri Khabar:- https://www.sallerikhabar.com/archives/93390 ]
No comments:
Post a Comment