Monday, February 10, 2020

भजन मण्डलीको एक पात्र

आत्मा छैन उसको
छ विवेक पुरै शुन्य
मालिकको बाणी बोल्दैमा
सर्वज्ञानी उ नै हुने
कुर्छ इशारा नाच्न
घमण्ड छ सजिवै हुँ भन्ने
खाली छ खोपडी उस्को
तर अरुलाई गन्दै नगन्ने ।
के गलत के छ सही
पाउँदैन अर्थका भेउ
अरुका दुखका आँसुले
पोल्दैन छातीको छेउ
इमान्दारी र देशभक्तिका
बुझ्दैन ऊ कुनै भाउ
न पिरोलिन्छ रैतिका दुःखमा
न बल्झिन्छ उसको घाउ ।
निहुरिन्छ मालिकका सामु
गर्दै नुनको सोझो
रवाफले छोइदिन्छ आकाश
तर विवेकले पुरै होचो
सुर्किन्छ पाखुरा बेकारमा
सधै सन्किने मात्र गर्छ
बोधो छ बुद्धिमा पक्का
सधैं कुण्ठाले मन भर्छ ।
सिम्पल छ फर्मुला उसको
मात्र मालिकको कृतन गर्ने
आदेश के आउला भन्दै
बहुतै चनाखो भइ कुर्ने
लगाउने न्वारन देखिको बल
गर्न झुटको खेती
“सबै अच्छा भो” भन्छ
चाहे वाइड वडि होस वा यति ।
तर पनि उफ्रन्छ उ सधैं
सबै बुझेछु झैं गरी
मच्चिन्छ दासताका डोरीमा
पुरै स्वतन्त्र भए सरी
कमाराले उडेको कथा
नसुनाओस् हामिलाई भो
जीवितै देखिने त्यो
आत्माबिहीन कठपुतली हो ।

[ published on Salleri Khabar:- https://www.sallerikhabar.com/archives/93390 ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...