हो
समृद्धि ल्याउँछु भनेकै हो!
तर म बुढाले भन्दैमा
मनमा चाहाना बुन्दैमा
समृद्धि मसङ पोइल आइन।
आफ्नैले खुट्टा तानेकी
वा प्रतिपक्षले कुरा लगायो
हात माग्दा नि उसलाई पाइन।
छिमेकिलाई नि गुहारेँ
प्रभुका पाउमा परि पुकारेँ
अहँ केही लछारपाटो लाएन।
म बुडाको अभागी पुर्पुरो
ल्याउछु भन्दा भन्दै नि
समृद्धि म सङ आइन।
शान्ती ल्याउ भने
अर्कैले ल्याउछु भनेको
अनि नल्याई चटक्कै छोडेको
हो त्यो पक्का छ्डेनि।
रैतिको सपना पुर्याइदिन
ल्याइदिउँ कि झै पनि लाग्छ
आँखा समृद्धिमै गडेनी।
फेरि छडेनी ल्यायो भनेर
इज्जतमा दाग लगाइदेलान
त्यसलाई कसरी मेटाउने?
ल्याउँछु भन्नेलाइ ल्याउन नसके
फेरि रैतिका दैलोमा पुगि
नाक मुख कसरी देखाउने?
यहि दोधारै दोधारमा
खै कसलाई ल्याउँ भन्दै
सकिन्छ कि मेरो समय।
देउता दाहिना हुदैमा
नपुग्दो रहेछ चिताएको
आफ्नाको साथ नभए।
उखान टुक्काको प्रहारले
रैतिलाई भुलाउन खोजेनी
त्यसको प्रभाब लागेन।
मुखमा बुझो लगाउने
नभए शुली चढाउने
त्यो बाहेक उपाय जागेन।
केरुङ हुँदै उसलाई
लैजाने रहर हो मेरो
रेलको झ्याल समाइ।
सुहागरात मनाउन
पानी जहाजमा सरर
कोशिका तिरै तिर रमाइ।
सपना सानो कहाँ हो र
बाचुन्जेललाई पुग्ने भोट
एकै पटकमा कमाउने।
समृद्धिलाई भित्र्याइ
पाँच बर्ष भित्रमा
बिकास र प्रगती जन्माउने।
सिन्डिकेट तोडौ कि
ठेगेदारका टाउका फोडौ कि
हिरो नबनी भएन।
ससुराली परे ती
समृद्धि मलाई नदेलान
गफै हानेर छोडौ कि।
कुन दिनमा भनिएछ
समृद्धि ल्याउछु भनेर
बुढेसकालमा गलपासो ।
जनताको कुरिकुरी
सहने हो कसरी
विपक्षलाई यसमा खुब चासो।
समृद्धि नआए के भो त
भ्रस्टाचार, ठगी, कुसंस्कार
और भि सब कुछ आएगा।
रैतिने हम को माना हे
पाँच साल मोज करेंगे
बाँकि तो देखा जायगा।
No comments:
Post a Comment