कुनै सुन्दर नगरिमा एक जना अत्यन्त लगनशिल र मेहनती मानिस बस्दथ्यो। इमान र इज्जतमा उ एक नम्बर कहलिएको थियो। जिबन यापनमा आइलागेको कठिनाईलाई उस्ले कहिल्यै दु:खका रुपमा स्विकार्दैनथ्यो । उसका सपानाहरु ठुला थिएनन, न त चाहानाको भण्डार नै थियो।
उसको एउटै चिन्ताको विषय थिई उसकी छोरी। आफ्नी बत्तीस लक्षणले भरिपुर्ण फुलजस्ती कोमल छोरीलाई कसरी जिन्दगी भर सुखी बनाएर राख्न सकिन्छ भनेर ऊ दिन रात चिन्ता गर्दथ्यो। धेरै दुख कष्ट सहेर हुर्काएकी छोरीको हेर्दा हेर्दै बिहे गर्ने दिन पनि आयो र ऊ सुकुमार कन्यको खोजिमा लाग्यो।
उसका घरमा अनेक खुबी भएका मानिस आफ्नो प्रतिभा देखाउन आए। त्यही क्रममा एउटा केटो पनि छोरी माग्न आयो। उसले केटीको बाउ सङ छोरी आफुलाई दिए घरका कुनै काम पनि नलगाउने, मीठो मसिनो खुवाउने र सधै बिस्तारामा मात्र राख्ने वचन दियो। उक्त केटाको वचनबाट प्रभाबित भएर बाउले छोरी उसैलाई नै दिने निर्णय गर्यो।
सुभ साइत जुराएर केटा र केटिको बिहे सम्पन्न गरियो। भएको एउटा चिन्ता पनि भगवानले पार लगाइदिएकोमा मनमनै धन्यवाद दिदै बुढाले दिन बिताउन थाल्यो। तर एक दिन जब उसले ज्वाँईले आफ्नी छोरीलाई वेश्या बनाएको थाहा पायो, ऊ छाँगाबाट खसेझै भयो। त्यत्रो वचन दिएका ज्वाँइले आखिर किन झेल गरे त भन्दै हस्याङफस्याङ गर्दै ऊ छोरीको घर तिर कुद्यो। उसले ज्वाँईलाई भेटेर आफ्नो विश्वासमा घात भएको गुनासो गर्यो। तर ज्वाँइले गुनासोको कुनै तुक नभएको र बिहे अघिको वचन अनुसार छोरीलाई मीठो मसिनो खुवाएको , घरका काममा नलगाएको र बिस्तारामै राखेको प्रष्ट पार्यो। बिहे अघि बेश्या बनाउन नपाइने भन्ने कुरा उल्लेख नै नभएकोले त्यो कुरा मान्न कुनै आबस्यकता नरहेको जवाफ फर्कायो। बुढाले त्यसो भए छोरी मै आफै पाल्छु भन्दा केटोले अग्निको सात फेरोले आफ्नी श्रीमती बनाइसकेको हुँदा अब केटीमा बुढाको कुनै पनि अधिकार नभएको जवाफ दिएर फर्कायो।
अहिले आम नेपालिको हालत माथी उल्लेखित छोरीको बाउ जस्तै भएको छ। समृद्धिका भाषणहरु बिहे अघिका वचन जस्तै बनेका छन । पानी जहाज ल्याउने, अन्तरिक्ष सम्म यातायात बिस्तार गर्ने, भ्रस्टाचार थोरै पनि नसहने जस्ता वचनहरु सुन्दा राम्रा लागेपनी केबल चुनाब जित्न र आफ्नो शासन लम्ब्याइरहन मात्र प्रयोग गरेको भान हुन थालेको छ ।
खोलामा पुल नबनाएर केबुलकार बनाउछु भन्नू र माथिको कथामा म तपाइको छोरिलाई बिस्तारामा मात्रै राख्छु भन्ने कुरा एउटै हो। झट्ट सुन्दा रमाइलो लागेपनी पुल बनाएर हुने ठाउँमा केबलकार बनाइने कुराको कुनै तुक छैन। यस्तै कुरा पत्याउदै जाने हो भने भोलि खोलाका दुबै तिर बिमानस्थल बनाउँछु र जहाजमा उडाएर खोला तराउँछु भन्ने कुरा नआउला भन्न सकिँदैन।
हामिलाई चाहिएको सुशासन र समृद्धि हो। तर अहिले सरकारको शब्दकोशमा समृद्धिको परिभाषा बदलिएको छ। सरकार जे गर्न चाहान्छ त्यो नै समृद्धि हो भनेर परिभाषित गरिदै छ। के समृद्धि भनेको त्यही नै हो त? जनताका आबश्यकतालाई एकातिर थन्क्याएर जबरजस्ती लादिएको भाषणमा सिमित समृद्धिले जनतालाई राहत देला त? सरकारका अधिकांस काम कारबाहि हेर्दा चुनाब अघिका बाचा भन्दा ठ्याकै उल्टो दिशामा हिडेको भान हुन्छ। यस्तो अबस्थामा पनि जिउ फालेर सरकारको बचाउ गर्नेको झुण्ड सतहमै देख्न सकिन्छ। यो झुण्डलाई अघिको कथामा आफ्नो यौन प्यास मेटाउन ज्वाँइको घरमा आउने ग्राहकहरु सङ दाँज्न सकिन्छ, जसलाई ज्वाँइले गरेको काम गलत हो भन्ने थाहा हुँदा हुँदै पनि आफ्नो कामबासनाको रागमा मत्त भएर ज्वाँइको समर्थन गर्नु बाहेक अरु गर्नु आबस्यक लाग्दैन।
अहिले डा गोबिन्द केसि सहित एउटा ठुलो जनसागरले सरकारका काम कारबाहिमा बिमती देखाएको छ। तर सरकार भने अग्निमा सात फेरो हालेर श्रीमती आफ्नो बनाए झै चुनाबमा बहुमत ल्याएर सरकार बनाएको हुँदा जनताको आवाज सुन्न खासै आबस्यक नरहेको बरु जनता सङ प्रस्न गर्ने अधिकार नै नरहेको जिकिर गरिराखेको छ। आफ्नो सुन्दर मातृभुमिलाई चुनाब मार्फत हामिले सरकार लाई ट्क्य्राएका हौं । तर सरकारले हाम्रै देशलाई माथी उल्लेखित कथामा झै बेश्या बनाएर आम नेपालिको सरकार प्रतिको आशालाई निराशामा बदल्ने काम गरिराखेको छ। यहि देशमा बर्सेनि सामान्य उपचार नपाएर हजारौं मानिसले अकाल मै मृत्युलाई अङ्गाल्नु परेको छ । तर तिनै गरिब जनताको करबाट उठाएको पैसाबाट सरकारले आफ्ना साढुभाई , मितबा, मामाको सालो आदिलाई बिदेशमा उपचार गर्न पठाउने गर्छ। सरकारका आफन्तिले उपचारमा एक बर्षमा खर्च गर्ने रकमले कुनै दुरदराजमा राम्रो अस्पताल नै खोल्न पुग्छ। तर यो कुरालाई उसको समृद्धिको परिभाषाले समेट्दैन। किनकी दुर दराजमा अस्पताल खोल्दा आफ्ना आसेपासेलाई कुनै फाइदा हुदैन।
यहाँ प्रश्न बर्जित छ। जिज्ञासा राख्नु अपराध सरह ठहरिन्छ। । स्वास्थ्य सेवा र शिक्षालाई भन्दा बढी प्रार्थमिकता बिमानस्थललाई दिइन्छ। आम नागरिक र बौद्धिक बर्ग दिनदहाडै सरकारद्वारा अपहरित हुन्छ्न भने हत्यारा र ठग ठेगेदारलाई सरकारले नै सुरक्षा र उत्साह प्रदान गरिराखेको छ। र बिडम्बना हामिले यसैलाई नै सुशासन मानीदिनु परेको छ।
हामी अब के गर्न सक्छौ त? के हामी केटिका बाउ जत्तिकै निरीह छौ त? हामिले नै दुई तिहाई दिएर बनाएको सरकारलाई हामीले प्रस्न गर्न नमिल्ने नै हो त? सरकारमा दुई तिहाईको बहुमत हुनासाथ सरकारले नागरिकका आवाज सुन्नु नपर्ने हो? जनता प्रती कठोर र निष्ठुरी बन्दै गएको सरकारलाई देखेर यो लेखक कहिले काहीं माथी उल्लेखित कथाको बाउ जत्तिकै निरीह बन्दछ र उसका निराशा सब्दमा पोखिन्छन।
No comments:
Post a Comment