Thursday, July 26, 2018

मार्सी धान र अनशन (Poem)







कुर्न गाह्रो हुँदोरहेछ
ऊ गलिहाल्ला कि भनेर
ऊ ढलिहाल्ला कि भनेर
ऊ मरिहाल्ला कि भनेर
आशै–आशमा
कुर्न गाह्रो हुँदोरहेछ ।
आशा थियो,
मार्सीको धान देखेर
माफियासँगको खानपान देखेर
दुईतिहाइको सान देखेर
ऊ टिक्नेछैन
पुनः बखेडा झिक्नेछैन
हाम्रो आँ गरेर खान लागेको गाँस मिच्नेछैन
तर, अहँ
हप्तौँ–हप्ता कुर्दा पनि
थाहा नपाएझैँ गरी घुर्दा पनि
तर्कलाई जालझेलले पुर्दा पनि
उसको रगतमा चिनी घट्यो
दृढता घटेन !!
स्नायुमा तरंग घट्यो
आत्मविश्वास घटेन ।
मांसपेशीमा बल घट्यो
देशभक्ति घटेन ।
खै कति कुरौँ म ?
कुर्न गाह्रो हुँदोरहेछ ।
जनताको भोटभन्दा महँगो
माफियाको नुन छ
दलालले लगाएको गुन छ
अनि अवैध रूपमा भित्रिएको सुन छ
म त इमानदार मान्छे
त्यही भएर दुईतिहाइ पाएको
नुनको सोझो गरौँ भन्यो
जनता लुट्न अघि सरौँ भन्यो
चुनावका वेला रित्तिएको भकारी भरौँ भन्यो
त्यो बूढो कुमार अनशन बसिदिन्छ
अनि खानै लागेको हाम्रो गाँस खोसिदिन्छ
जिल्ल हामीलाई पारेर !
लाज छोप्न हामी दुईतिहाइ भन्छौँ
जनताको शासन भन्छौँ
रेल र पानीजहाजका कुरा गर्छौं
तर पनि,
बर्बराउँदै र कुर्दै गर्दा
इँजार नभएको हाम्रो पाइजामा
वेला–वेलामा खसिरहन्छ
उदांगो हामीलाई पारेर
कुर्न गाह्रो हुँदोरहेछ
आजसम्म पनि
झिनो आशमा
हामी कुरेको कुर्यै छौँ
ऊ नमरे पनि
जनताका लागि सोच्ने
उसका स्नायु मर्छन् कि भनेर
आत्मामा फुलेका सपनाका ती फूल
ओइलाई झर्छन् कि भनेर
जुर्मुराउँदै उठेका परिवर्तनका लहर
लड्छन् कि भनेर ।
तर, आशै–आशमा कुरेर बसेका
हामी गल्यौँ, ऊ गलेन ।
के अब ढल्ने पालो हाम्रो हो ?
के अब मर्ने पालो हाम्रो हो ?
कुर्दा–कुर्दै आङ नै सिरिंङ हुन्छ !
कुर्न गाह्रो हुँदोरहेछ ।
[Published on HealthPostNepal :- https://www.healthpostnepal.com/2019/01/22/4152/ ]

No comments:

Post a Comment

Miseries of women suffering from mental illnesses

  “Why do you make these regular visits? Is it because you like me? Do you really want to have an intimate relationship with me? Please lock...

Don't miss...